२०७६ सालको बार्षिक राशिफल

मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – Ariesमेष राशी हुने हरु को लागि २०७६ साल एकदम राम्रो छ। वर्षको पूर्वार्दमा धार्मिक यात्रा, शैक्षिक सफलता जस्ता शुभ फल मिल्ने देखिन्छ। कडा परिश्रम गर्दा काम बन्ने देखिन्छ। बर्ष को पूर्वार्दमा टाउको र आँखा सम्बन्धी समस्या आउन सक्छ। तसर्थ सजग रहनु होला। अशोज कार्तिक महिना तिर सरकारी झमेला मा फस्नु पर्ने देखिन्छ, सजग रहनु होला । बैदेशिक क्षेत्र मा सफलता मिल्ने योग रहेको छ। पशु चौपाया अनि व्यापार बाट सफलता हात पर्ला। धार्मिक अनि सामाजिक कार्य मा रुचि बढ्नेछ। वर्ष को उतरार्द्दमा नविन कार्य को सुरुवात हुनसक्छ। असार, अशोज, माघ र फाल्गुन महिना बढी फलदायी रहनेछन।

वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) – Taurusवृष राशी हुने हरु को लागि २०७६ साल मध्ययम फलदायी रहने छ। दाम्पत्य जीवन सुमधुर हुँदै जानेछन। ब्यापार व्यवसाय बाट लाभ होला। आफन्त ले नै खुट्टा तान्ने हुँदा सजग रहनु होला। नोकरी मा किचलो पर्न सक्नेछ। अढैया शनि को कारणले गर्दा नकारात्मक असर जस्तै झुटा आरोप, काममा ढिला सुस्ती, मन बिचलित हुने, धन को चोरी अथवा नास हुने, नशा सम्बन्धी रोग लग्न सक्नेछ। असर न्युनिकरण को लागि शनि देवको स्तोत्र पाठ, शनि मृत्युजन्य स्तोत्र पाठ र हनुमान चालिस पाठ गर्नु पर्ने देखिन्छ। साउन, कार्तिक, फाल्गुन र चैत्र महिना आर्थिक दृष्टिले शुभ रहने देखिन्छ।

मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) – Geminiमिथुन राशी हुने हरुको लागि २०७६ साल सामान्य रहने देखिन्छ। वर्षको पूर्वार्दमा शैक्षिक अनि बौदिक क्षेत्र मा सफलता मिल्ने छ तर मध्य भाग मा कम्जोर रहनेछ। व्यापार मा असफल हुनु हुने देखिन्छ। बैबाहिक सम्बन्धमा किचलो हुनेछ। लामो यात्रा को योग रहेकोछ। सामाजिक तथा धार्मिक कार्य मा मान जाने छ भने घरमा मांगलिक कार्य हुने देखिन्छ। नोकरी मा सफलता हासिल हुनेछ। नविन कार्य को थालनी हुनेछ। पारिवारिक स्वस्थ मा खर्च हुने देखिन्छ। उतरार्द्दमा शनि को कारण ले गर्दा काममा ढिला सुस्ती, असान्ती हुने देखिन्छ। शनि को उपासना गर्दा शुभ परिणाम दिनेछ।

कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – Cancerकर्कट राशी हुने हरु को लागि २०७६ साल फलदायी रहेको छ। पारिवारिक तथा सन्तान सुख प्राप्त होला । धार्मिक क्षेत्र मा रुचि बढ्ने छ भने मांगलिक कार्य सम्पन्न हुने छ। ब्यापारिक काम बाट लाभ मिल्ने देखिएको छ । नोकरी मा अपजस खेप्नु पर्ला। सामाजिक मान सम्मान मिल्ने देखिन्छ। मुद्दा सम्बन्धी झमेला आइपरे पनि जित हासिल हुनेछ। सत्रु हरु नास हुनेछन। तथापी बैबाहिक सम्बन्ध मा उतार चढाव आउन सक्छ भने बैदेशिक क्षेत्र मा असफलता मिल्ने छ। बैशाख, जेस्ठ अशोज र पौष महिना आर्थिक दृष्टीकोण ले बलियो छ।

सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – Leoसिंह राशी हुने हरुको लागि यो बर्ष मिश्रित फलदायी रहने छ। शनि र केतु को प्रभाव ले सम्बन्ध मा उतार चढाव, अध्ययन मा असफलता जस्ता असुभ फल प्राप्त होला। जग्गा, सवारी प्राप्ति को योग रहेको छ। पशु चौपाया अनि कृषि क्षेत्र मा सफलता हासिल हुने छ। बैदेशिक क्षेत्र सफल रहला। नोकरी मा पद्दोनति हुने योग छ। धार्मिक यात्रा हुने योग छ। आर्थिक पक्ष्य पुर्वार्द्दमा कम्जोर भए पनि उतरार्द्दमा सबल रहला। जेठ, असार, कार्तिक र माघ महिना आर्थिक रूप ले बलियो देखिन्छ।

कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) – Virgoकन्या राशी हुनेहरुको लागि यो बर्ष मध्ययम फलदायी रहने देखिन्छ। धार्मिक अनि सामाजिक कार्य मा समय व्यतित गर्नु पर्ने देखिन्छ। सामाजिक सम्मान मिल्ने देखिन्छ। नोकरी मा नया जिम्मेवारी थपिनेछ। शैक्षिक क्षेत्र मध्यम रहला। व्यापारमा सफलता हासिल हुने छ। दाम्पत्य जीवन सुमधुर हुँदै जाने छन् र पारिवारिक सुख मिल्ने छ। जग्गा, सवारी सम्बन्धी झमेला मा फसिनेछ। स्वस्थ मा समस्या देखिनेछ र धनराशी खर्च हुने छ। बैदेशिक क्षेत्र मा मध्यम रहला। असार, साउन, मंसिर र फाल्गुन महिना आर्थिक पक्ष्य बाट सुदृढ रहला।

तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) – Libraतुला राशी हुने हरु को लागि यो बर्ष मध्यम रहने छ। आटेको काम पुरा हुने छ। दाजु भाई बीच झमेला हुने देखिन्छ। पारिवारिक सुख मिल्ने छ भने बैदेशिक क्षेत्र सफल रहने छ। व्यापार फाईदा मा जाने छ। यात्रा को योग रहेको छ। शैक्षिक क्षेत्र मध्यम रहने छ। स्वस्थ उपचार मा धन राशी खर्च हुनेछ। पुर्वार्द मा बिग्न बाधा आए पनि उतरार्द मा पद्दोनति को योग नोकरी मा रहेको छ। सामाजिक तथा धार्मिक कार्य मा मन जाने छ। साउन, भदौ, पुष र चैत्र महिना आर्थिक रुपले सबल रहनेछ।

वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – Scorpioवृश्चिक राशी हुने हरुको लागि यो बर्ष मिश्रित फलदायी रहने छ। आर्थिक किचलो ले आफन्तहरु टाढिने छन्। स्वाथ्य मा खर्च गर्न पर्ने देखिन्छ। अढैया शनि को कारणले गर्दा नकारात्मक असर जस्तै झुटा आरोप, काममा ढिला सुस्ती, मन बिचलित हुने, धन को चोरी अथवा नास हुने, नशा सम्बन्धी रोग लग्न सक्नेछ। त्यसैले शनि को शान्ति गराउनु पर्ने देखिन्छ। कृषि क्षेत्र मा राम्रो आम्दानी हुनेछ। बैदेशिक क्षेत्र मा सफलता हासिल हुनेछ। शिक्षा क्षेत्र अस्तबेस्ता रहला । नोकरी मा पनि सन्तोस जनक प्रतिफल मिल्ने देखिदैन। वैशाख, भदौ, अशोज र माघ महिना सुभ रहने छन्।

धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) – Sagittariusधनु राशी हुने हरु को लागि यो वर्ष मध्यम छ। पारिवारिक सुख मिल्ने छ। धार्मिक यात्रा को योग रहेको छ। नोकरी मा रहेका समस्या हरु हल हुँदै जानेछन। दाम्पत्य जीवन मा उतार चढाव आउने देखिन्छ। स्वास्थ्य कम्जोर रहनाले खर्च हुने छ। व्यापार बाट सोचेजस्तो लाभ हुनेछैन। अध्ययन मा रुचि बढ्ने छ। सढेसाती शनि को कारणले गर्दा नकारात्मक असर जस्तै झुटा आरोप, काममा ढिला सुस्ती, मन बिचलित हुने, धन को चोरी अथवा नास हुने, नशा सम्बन्धी रोग लग्न सक्नेछ। असर न्युनिकरण को लागि शनि देवको स्तोत्र पाठ, शनि मृत्युजन्य स्तोत्र पाठ गर्नु पर्ने देखिन्छ। जेष्ठ, अशोज, कार्तिक अनि फाल्गुन महिना आर्थिक दृष्टिले शुभ रहने देखिन्छ।

मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) – Capricornमकर राशी हुने हरु को लागि २०७६ साल मध्यम रहेको छ। अत्यधिक खर्च, पढाई मा सन्तोषजनक प्रतिफल हुने छैन । व्यापार बाट सामान्य लाभ हुने देखिन्छ। बैदेशिक क्षेत्र बाट सफलता हासिल हुनेछ। शत्रुहरु पराजित हुनेछन। मानसम्मान मिल्ने योग रहेको छ। सढेसाती शनि को कारणले गर्दा नकारात्मक असर जस्तै झुटा आरोप, काममा ढिला सुस्ती, मन बिचलित हुने, धन को चोरी अथवा नास हुने, नशा सम्बन्धी रोग लग्न सक्नेछ। असर न्युनिकरण को लागि शनि देवको स्तोत्र पाठ, शनि मृत्युजन्य स्तोत्र पाठ गर्नु पर्ने देखिन्छ। असार, कार्तिक, मंगसिर अनि चैत्र महिना आर्थिक दृष्टिले शुभ रहने देखिन्छ।

कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा) – Aquariusकुम्भ राशी हुने हरु को लागि यो बर्ष राम्रो छ। पारिवारिक तथा सन्तान सुख प्राप्त होला । धार्मिक क्षेत्र मा रुचि बढ्ने छ भने मांगलिक कार्य सम्पन्न हुने छ। ब्यापारिक काम बाट लाभ मिल्ने देखिएको छ । अधुरा काम हरु बन्ने छन्। पठन पठान मा सफलता हासिल हुने छ। स्वास्थ्य राम्रो हुनेछ। इछ्या पुरा नगरिदिदा सन्तान टाडा हुने सम्भावना रहेको छ। हरेक काम मा संयम रहनु पर्ने देखिन्छ। बैबाहिक जीवनमा उतार चाडव आउने देखिन्छ। बैदेशिक क्षेत्र मा खासै सफलता मिल्ने देखिदैन। धार्मिक यात्रा हुनेछ। बैसाख, साउन, मंगसिर अनि पौष महिना आर्थिक दृिष्टकोणले राम्रो मानिन्छ।

मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) – Piscesमीन राशी हुने हरु को लागि यो महिना मध्यम रहेको छ। पेट र आँखा सम्बन्धि रोग ले सताउन सक्छ। जग्गा जमिन सम्बधि किचलो आइ पर्न सक्छ। पठन पठन मा रुचि बढ्नेछ। पारिवारिक सुख मिल्ने छ। सामाजिक तथा धार्मिक कार्य मा ब्यस्त हुनु हुने छ। व्यापार बाट राम्रो आम्दानी हुने देखिन्छ। धार्मिक यात्रा को योग रहेको छ। बैदेशिक क्षेत्र बाट राम्रो छ। नोकरी मा मान सम्मान बढ्नेछ। जेष्ठ, भाद्र, पौष अनि माघ महिना आर्थिक पक्ष्य बाट राम्रो छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

RSS
Follow by Email
Facebook
Twitter